दफा ३३
व्यक्ति उपस्थित गराउने, व्यक्ति रहेको स्थान पत्ता लगाउने वा व्यक्ति सनाखत गर्ने
(१) विदेशी राज्यले दफा २० बमोजिम कुनै व्यक्तिको उपस्थितिको लागि अनुरोध गरेको भए केन्द्रीय अधिकारीले विदेशी राज्य संग समन्वय गरी त्यस्तो व्यक्ति नेपालबाट पठाउने र नेपालमा फिर्ता ल्याउने व्यवस्था मिलाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम उपस्थित हुन अनुरोध गरिएको व्यक्ति नेपालमा थुनामा रहेको भए सम्बन्धित अदालतको अनुमति लिई नेपालको प्रवेश विन्दुबाट विदेशी राज्यको आधिकारिक निकायलाई बुझाउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम बुझाइएको व्यक्तिको विदेशी राज्यमा काम सम्पन्न भएपछि नेपालको प्रवेश विन्दुमा विदेशी राज्यको आधिकारिक निकायबाट बुझिलिनु पर्नेछ ।
(४) विदेशी राज्यले कुनै न्यायिक कारबाही संग सम्बन्धित कुनै व्यक्ति रहेको स्थान पत्ता लगाउन वा व्यक्ति सनाखत गर्न अनुरोध गरेको भए सम्बन्धित अधिकारीले त्यस्तो व्यक्ति रहेको स्थान पत्ता लगाउन वा व्यक्ति सनाखत गर्नु पर्नेछ ।